काठमाडौं - मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आजबा संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ७२ हजार ८९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले राजीव भट्टराईको नाममा रहेको ४३ हजार ७४० कित्ता र अनिल अग्रवालको नाममा रहेको २९ हजार १५८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको एक सुचना सार्वजनिक गर्दै जानकारी गराएको छ ।
सुचना अनुसार उक्त शेयरमा ३५ दिन भित्र आवेदन दिनुपर्ने छ । शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।
इच्छुक आवेदकहरुले तोकिएको मितिभित्र आवश्यक काजगत प्रमाण संलग्न गरी बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया