ट्विटरको आम्दानी सन् २०२८ सम्ममा २६ अर्ब ४० करोड डलरमा पुर्‍याउने मस्कको लक्ष्य

३ बर्ष अगाडि

एजेन्सी - एलन मस्कले माइक्रोब्लगिङ वेबसाइट ट्विटरको आम्दानी बढाएर पाँच गुणभन्दा धेरै माथि पुर्‍याउन खोजिरहेका छन् । यसबारे मस्कले कम्पनीका लगानीकर्ताहरुसमक्ष पेश गरेको प्रिजेनटेशनलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ । 

सन् २०२८ सम्ममा कम्पनीको आम्दानी २६ अर्ब ४० करोड डलरमा पुर्‍याउने मस्कको लक्ष्य छ । गत वर्ष कम्पनीको आम्दानी ५ अर्ब डलर मात्रै थियो । 

मस्कको योजना अनुरुप सन् २०२० मा ९० प्रतिशत रहेको विज्ञापनबाट हुने आम्दानी उक्त अवधिमा ४५ प्रतिशतमा झर्नेछ । सन् २०२८ मा विज्ञापनबाट हुने आम्दानी १२ अर्ब डलर रहनेछ । 

सब्क्रिशनबाट अर्को १० अर्ब डलर आउनेछ । सन् २०२५ मा ट्विटरको क्याश फ्लो बढाएर ३ अर्ब २० करोड डलर र सन् २०२८ मा ९ अर्ब ४० करोड डलर पुर्‍याउने मस्कको लक्ष्य छ । 

गत महीना मस्कले ४४ अर्ब डलर नगद तिरेर ट्विटर किन्ने सम्झौता गरेका थिए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया