काठमाडौं - सेन्चुरी कमर्सियल बैंकको २ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ ।
बैंकले २१ गतेदेखि १ हजार रुपैयाँ अंकित दरमा कुल २२ लाख इकाइ भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र जारी गरेको छ । उक्त ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने भनिएको थियो ।
तर, मागबमोजिम आवेदन नपरेका कारण यो ऋणपत्रमा अब जेठ ४ गतेसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक ग्लोब आइएमई क्यापिटलले जनाएको छ ।
बैंकले कुल इकाइमध्ये १३ लाख २० हजार इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । बाँकी ८ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । जसमा १० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम ८ लाख ७० हजार इकाइसम्म आवेदन दिन पाउनेछन् । ऋणपत्रमा सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
सेन्चुरी बैंकको यो १० वर्ष अवधिको ऋणपत्र हो । यसमा ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०।५० प्रतिशत ब्याज पाउनेछन् ।
प्रतिक्रिया