काठमाडौं - वैदेशिक रोजगार विभागले जेन्युन एजुकेसन एण्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराईविरुद्व वैदेशिक रोजगार न्यायाधिकरण मुद्दा दायर गरेकोे छ ।
सञ्चालक सुजन भट्टराईले युरोपका विभिन्न मुलुकमा रोजगारीको लागि पठाईदिने भन्दै ४ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा शुक्रबार मुद्दा दायर गरेको हो ।
विभागले कन्सल्टेन्सीका सञ्चालक भट्टराईसहित मेख बहादुर गुुरुङ र सुनिल लम्साललाई पनि ठगी मुद्दामा विपक्षी बनाएको छ । उनीहरूलाई विभागमा खटिएको नेपाल प्रहरीको डिएसपी कमाण्डको टोलीले गत चैत २८ गते पक्राउ गरेको थियोे ।
उनीहरुले पोर्चुगल, स्पेन र फ्रान्ससहितका मुलुकमा वैदेशिक रोजगारमा लैजाने भन्दै प्रतिव्यक्ति १७ लाख ९२ हजार रूपैयाँसम्म ठगी गरेकोे विभागले जनाएको छ ।
२२ जनाबाट असुली गरेकोे २ करोड ८८ लाख ४१ हजार ७ सय र त्यसको ५० प्रतिशत हर्जनासहित ४ करोड २३ लाख ५० रूपैयाँ विगो कायम गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया