काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १८ करोड ८६ लाख ७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी १९० प्रतिशतले बढी हो ।
यस्तै कम्पनीले २ अर्ब ६३ करोड ४५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षभन्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब २८ करोड ६९ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले २ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २१ करोड ९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२ दशमलव ७९ प्रतिशतले बढी हो ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ५६ करोड ६८ लाख ४७ हजार रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष सामान्य प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड ४ लाख रुपैयाँ जगेडा कोषमा संचीति थियो ।
यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ९ पैसा रहेको छ ।
प्रतिक्रिया