सिद्धार्थ इन्स्योरेन्स ९ महिनामा आर्जन गर्‍यो ८३ करोड ६६ लाख बढि बीमा शुल्क, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको ९ महिनासम्ममा ८३ करोड ६६ लाख २८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको  तेस्रो त्रैमास सम्मको वित्तीय विवरण यस्तो देखाएको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७४ करोड १७ लाख ४९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२.७९ प्रतिशतले बढी हो । 

समिक्षा अवधिमा कम्पनीले १७ करोड ३४ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो गत आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा १.९८ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ। यस अवधिमा कम्पनीले पुनर्र्बीमा कमिशन वापत ३० करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले १४ करोड ७१ लाख ७४ हजार बीमालेख जारी गरेको छ भने २ अर्बमाथि कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ७ हजार ३८९ वटा दाबी वापत ७५ करोड ६० लाख दाबी भुक्तानी गरेको छ । कम्पनीले ८ हजार ७६१ वटा भुक्तानी हुन बाँकी दाबी संख्यामा १ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ करोड ३९ लाख ३४ हजार रुपैयाँ रकम संचित रहेको छ । त्यस्तै , बीमा कोषमा १ अर्ब ९ करोड ४५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ८ करोड ५३ लाख रुपैयाँ रकम संचित रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) १७ रुपैयाँ ९६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २ सय ११ रुपैयाँ ३२ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४५.०६ र प्रतिशेयर कुल सम्पतिको मूल्य ४ सय १९ रुपैयाँ १६ पैसा रहेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया