कालिञ्चोक केबलकारलाई डबल बी रेटिङ

४ बर्ष अगाडि

काठमाडौंं - कालिञ्चोक केबलकारले डबल बी रेटिङ प्लस इस्यूअर पाएको छ ।  कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि सम्पन्न गरेको रेटिङमा क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई ‘केयर एनपी डबल बी बी प्लस रेटिङ’ दिएको हो ।

केयर रेटिङ्ग नेपालले आईपीओ निष्काशनको तयारीमा रहेको कालिञ्चोक केबलकारलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने रेटिङ दिएको हो । डबल बीबी प्लस रेटिङ प्राप्त संस्थाहरु वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा रहेको मानिन्छन् ।

रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘ए’ देखि ‘सी’ सम्म रेटिङ्ग प्रदान गर्दछ जसमा ए ले आधारभुत अवस्था बलियो रहेको देखाउँछ भने बी र सी ले क्रमश सोभन्दा कमजोर वित्तीय अवस्था रहेको जनाउँछ । 

रेटिङ वर्ग ‘एए’ देखि ‘सी’ सम्मका रेटिङ संकेत पछाडि रहने प्लस ९जोड० वा माइन (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । यसको अर्थ बीबी प्लसको स्थिति बीबीबीभन्दा एक चिह्नमाथि रहन्छ । जब कि बीबीबी माइनसको स्थिति बीबीबीभन्दा एक चिन्ह तल रहन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया