काठमाडौं - आचरणविपरीतका गतिविधि गरेको आरोपमा ४६ जना म्यादी प्रहरी जागिरबाट निकालिएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार मादक पदार्थ सेवन गर्ने, अरुलाई दुव्र्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्नेहरुलाई कामबाट हटाइएको हो ।
कारबाहीमा परेकामध्ये एक जना बलात्कार आरोपमा प्रहरी हिरासतमा छन् । उनी काठमाडौं उपत्यकामा खटिएका थिए ।
केसीका अनुसार म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीलेझैँ ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्छ । तर, ४६ जनाबाट भने गैरव्यावसायिक आचरण प्रदर्शन भएको र उनीहरूलाई कारबाही गरिएको केसी बताउँछन् ।
प्रतिक्रिया