निर्वाचन आयोगले सुक्ष्म अनुगमनकर्तामार्फत उम्मेदवारको खर्च विवरण संकलन गर्दै

३ बर्ष अगाडि

काठमाडौं - स्थानीय तहका बिभिन्न पदमा उम्मेदवारको चुनाव खर्च सुक्ष्म अनुगमनमा रहेको पाइएको छ । निर्वाचन सकिएपछि उम्मेदवारले खर्च विवरण पेश गर्नुपर्ने हुन्छ । 

त्यसबेला पेश गर्ने खर्च विवरणको वास्तविकता र विश्वसनीयता परीक्षण गर्न सहज हुने गरी निर्वाचन आयोगले सुक्ष्म अनुगमनकर्ता खटाएको हो ।

 प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आयोगले सुक्ष्म अनुगमनकर्तामार्फत उम्मेदवारको खर्च विवरण संकलन गरिरहेको छ । आयोगमा उजुरीको चाङ लागेपछि आयोगले उम्मेदवारको चुनाव खर्चको विवरण सुक्ष्म अनुगमनकर्तामार्फत संकलन सुरु गरेको हो ।

स्थानीय तहमा निर्वाचन प्रचार प्रसारका क्रममा भएको आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म रुपमा अनुगमन गरी खर्च विवरणसमेत अनुमान गरी आयोगमा चुनाव अघि नै पठाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया