पबजी बढी खेलेर पागल भएपछी मानसिक अस्पताल लगियो

७ बर्ष अगाडि

अन्तराष्ट्रिय – स्मार्टफोन तथा गेमप्लेयरबाट खेल्नमिल्ने अहिलेको पुस्ताको निक्कै चर्चीत अनलाइन गेम “पबजी” खेलेर पागल भएका एक व्याक्तीलाई मानसिक अस्पताल लगिएको छ । 

यो घटना भारतको जम्मु काश्मिरको हो । त्यहाँ लामो समय देखी लगातार पबजी खेल्दै आएका एक फिट्नेस ट्रेनरमाथी यो घटना घटेको हो । उनले पबजी खेल्दा खेल्दै मानसिक संतुलन गुमाएका थिए । त्यसकारण उनले आँफैले आँफैलाई मार्ने कोशिस गरेका थिए ।

गेमकै कारणले मानसिक संतुलन बिग्रिएको चिकित्सकहरु बताउँछन । रात दिन उनी त्यही खेल खेल्ने भएका कारणले उनीमा यो बिमारी आएको हो ।

के हो त पबजी ? पबजी अर्थात प्लेयर्स अननोनस ब्याटलग्राउण्डस हो । यो खेल अहिले अनलाईन खेलको दुनियामा निक्कै चर्चीत छ । यो खेल खेल्नेहरुको संख्या ठुलो संख्यामा रहेको छ । यो खेल अहिले सम्म १०० मिलियन भन्दा बढी पटक डाउनलोड भैसकेको छ । यो खेललाई अत्याधिक रेट मिलेको छ । यो खेल खेल्नेहरुको संख्या नेपालमा पनी उच्च रहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया