कोरोनाका कारण ६ महिनाका लागि थप भएका डिमाण्ड थप ६ महिना विस्तार गर्न माग

३ बर्ष अगाडि

काठमाडौं- प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले कोभिड– १९ का कारण ६ महिनाका लागि थप भएका डिमाण्ड थप ६ महिना विस्तार गर्न माग गरेकोे छ । 

मञ्च नेपालले शुक्रवार वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल र वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका कार्यालय प्रमुख रमेश अर्याल भेटेर म्याद बढाउन माग गरेको हो । 

मञ्चले यसअघि  म्याद बढाइएका डिमाण्डहरुको म्याद आगामी जुन ४ तारिख सकिने, तर  ती  डिमाण्डका आधारमा मलेसिया  जानुपर्ने  ठुलो संख्यामा रहेका कामदारको प्रवेशाज्ञा (भिसा) प्राप्तिको प्रकृया नसकिएको  भन्दै ती डिमाण्डमा नेपाली कामदार जान पाउने अवस्था जिवितै राखेर केडिएन र अख्तियारनामाको अवधि अरु ६ महिना म्याद थप गर्न आवश्यक देखिएको बताएको छ ।

 मञ्चले कोरोना भाइरस (कोभिड–१९) को लकडाउन पूर्व अन्तिम स्वीकृति प्राप्त गरि उडान भर्न नपाएका, तर वैदेशिक रोजगारीमा मलेसिया जान ईच्छुक कामदारका हकमा  कुनै शुल्क  कल्याणकारी कोष,  बिमा र श्रम स्वीकृति पूनः नविकरण गरि जान पाउनुपर्ने  माग गरेकोे उपाध्यक्ष डिकबहादुर खत्री कुमारले जानकारी दिए । 

मलेसिया जान ठूलो संख्यामा मेडिकल गरेकोे र काठमाडौं  आवतजावत गर्दा समेत धेरै लगानी गरेकोे कारणले उनीहरूलाई सहज हुनेगरी  निर्णय गर्नुपर्ने खत्रीले बताए ।

 मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा गएको एक प्रतिनिधि मण्डलले बिभागका महानिर्देशक पौडेल तथा काठमाडौं कार्यालयका निर्देशक अर्याललाई   अलगअलग भेट गरेको थियोे  ।

३ बर्ष अगाडि

प्रतिक्रिया