यस साता दैनिक औषतमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं - यस साता नेप्से परिसूचक ५ प्रतिशत घटेको छ । गत साता २३५६.१७ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.९९ प्रतिशत अर्थात ११७.५५ अंक घटेर २२३८.६२ विन्दुमा झरेको छ ।

यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो  । यस साताको आइतबार र मंगलबार सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो । बजार खुलेका तीन कारोबार दिन नै नेप्से ओरालो लागेपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो ।

यस साता सेन्सेटिभ इण्डेक्स ३.९३ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ४.९७ प्रतिशत र सेन्सेटिभ इण्डेक्स ४.३७ प्रतिशत घटेको छ ।

नेप्से घटेपनि यस साता दैनिक औषत कारोबार रकम भने बढेको छ । यस साता दैनिक औषतमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यो गत साताको तुलनामा २७।६३ प्रतिशत बढी हो । 

गत साता दैनिक औषतमा १ अर्ब १४ करोडको शेयर कारोबार भएको थियो । यस साता दैनिक औषत शेयरसंख्या ९.४८ प्रतिशत, दैनिक औषत कारोबार संख्या ७.५५ प्रतिशत र दैनिक औषत स्टक संख्या ०।४९ प्रतिशत घटेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ५ प्रतिशत घटेको छ । गत साता ३३ खर्ब ५१ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता १ खर्ब ६६ अर्ब रुपैयाँ घटेर ३१ खर्ब ८४ अर्ब रुपैयाँमा सीमित भएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया