काठमाडौं - ज्योति लाइफको ब्राण्ड एम्बेसडरको रुपमा महानायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ ।
कम्पनीको स्थापना काल देखिनै ज्योति लाइफको ब्राण्ड एम्बेसडरको रुपमा रहेका महानायक र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता नविकरण गरिएको हो ।
सम्झौता पत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै महानायक राजेश हमालले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापछि ब्राण्ड एम्बेसडर महानायक हमालले ज्योति लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन् ।
प्रतिक्रिया