काठमाडौं, युनियन लाइफको अध्यक्षमा सुलभ अग्रवाल पुन : निर्वाचित भएका छन् । कम्पनीको चौथौ साधारणसभाले अग्रवाललाई पुनस् अध्यक्षमा निर्वाचित गरेको हो । त्यस्तै, सर्वसाधारणतर्फ सिताराम अग्रवाल, सचिन आचार्य सर्वसाधारणको तर्फबाट सञ्चालक चयन भएका छन् ।
साधारणसभाबाट सञ्चालकहरुमा सुलभ अग्रवाल, संदिप अग्रवाल, जीवन अग्रवाल र सीमा गोल्छालाई निर्विरोध चयन गरेको छ । त्यसैगरी, विज्ञ सञ्चालकको रुपमा दिगम्वर झालाई चयन गरेको कम्पनीले जनाएको छ ।
आजै बसेको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा सुलभ अग्रवाललाई चयन गरेको हो ।
प्रतिक्रिया