काठमाडौं, बैंक अफ काठमाण्डूले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिशत सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिमरफिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको छ ।
उक्त सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्तर्गत पर्पल हेज रेष्ट्रो र गार्डेन, एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, मिठो रेष्टुरेन्ट र थकाली किचन, विर्तामोडमा १० प्रतिशत, नोबल होटल र स्विमिङ कम्प्लेक्स, इमाडोलमा १०प्रतिशत, मिटिङ पोइन्ट रेष्टुरेन्ट एण्ड बार, विर्तामोडमा ५प्रतिशत,होटल अर्थ लाइट, सौरहा, चितवनमा २० प्रतिशत, चिकेन स्टेसन, इमाडोलमा १० प्रतिशत तथा सोलीमारी रेष्ट्रो एण्ड मिटिङ प्राइभेट लिमिटेड,इमाडोलमा १५ प्रतिशतको छुट पाउन सकिनेछ।
अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्तर्गत मेडिसिटि फार्मेसी, वित्र्तामोडमा १० प्रतिशत, राम जानकी हस्पिटल, जनकपुरमा १५ प्रतिशत तथा नमो मनकामना डेण्टल एण्ड क्लिनिक,इमाडोलमा २५ प्रतिशतको छुटको ब्यवस्था रहेको छ ।
यसकासाथै, बुटिक अन्तर्गत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले विराटनगरको पिपलचोकमा रहेको तनाश्का फेशन स्टुडियोमा १५ प्रतिशत छुट पाउन सकिनेछ। जिमरफिटनेस सेन्टर अन्तर्गत शेप्स फिटनेस जीम, ढल्कोमा विभिन्न योजनाहरुमा ४५ प्रतिशत सम्मको छुट रहेको छ ।
उक्त छुटको प्रयोग गर्नकोलागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डूका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिमरफिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा छुटको प्रयोग गर्न सकिनेछ ।
प्रतिक्रिया