नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम–१०२ अन्तर्गत यूएसडीएबाट सूचीकृत

३ बर्ष अगाडि

काठमाडौं - नबिल बैंकले यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (यूएसडीए) द्वारा सञ्चालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम–१०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि यूएसडीएसँग सम्झौता गरेको छ ।

नबिल बैंक यूएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याकंनपछि यस कार्यक्रमअन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो ।

यो व्यवस्थासँगै नबिल बैंकले यूएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ । 

यूएसडीए कार्यक्रमअन्तर्गत सामानहरु आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकका तर्फबाट जारी गरेको प्रतितपत्रमा तेस्रो बैंकहरुबाट प्रमाणीकरण गरिरहनु पर्ने छैन । 

यस व्यवस्थाअन्तर्गत अमेरिकी निर्यातकर्ताहरुले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतितपत्रमार्फत सोझै अमेरिकी बैंकहरुबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया