गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटल नियुक्त

३ बर्ष अगाडि

काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिएको छ । 

भोलि बैशाख २४ गतेदेखि लागू हुने गरी आगामी एक वर्षका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।

अब संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटलमार्फत हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया