युनियन लाइफको साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित

३ बर्ष अगाडि

काठमाडौं - युनियन लाइफमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । 

कम्पनीको संस्थापक समुहबाट जीवन कुमार अग्रवाल, सन्दिप कुमार अग्रवाल, सुलभ अग्रवाल, सिमा गोल्छा निर्वाचित भएका छन् भने सर्वसाधारण समुहबाट सचिन आचार्य र सिताराम अग्रवाल निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले संस्थापक समुह तर्फबाट ४ जना र सर्वसाधारण समुहबाट दुई जना सञ्चालकहरुको निर्वाचनका लागि आह्वान गर्दा सर्वसाधारणल समुह तर्फ चार जनाको उम्मेदवारी परेको थियो । 

तर बद्री सिग्देल र राजिव ठाकुरले अन्तिम चरणमा मनोनयन फिर्ता लिए पछि सहमतिमा ६ जना चयन भएका थिए । कम्पनीले आज आह्वान गरेको साधारण सभाबाट ६ जनाको निर्वाचन पारित भएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया