एजेन्सी- अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर वृद्धि गरेसँगै अमेरिकी र एसियाली सेयर बजारमा गिरावट आएको छ ।
महँगी नियन्त्रण गर्न फेडरल रिजर्भले चालेका कदमहरुले आर्थिक वृद्धिलाई प्रभाव पार्न सक्ने भयका कारण बिक्रीचाप पर्दा एसियाली र अमेरिकी सेयर बजारमा गिरावट आएको हो ।
एप्पल र नाइकीजस्ता ठूला कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा बिहीबार अमेरिकी डोउ इन्डेक्स ३।१ प्रतिशतले घटेको छ ।
फेडरल रिजर्भले ब्याजदर ०.७५ प्रतिशतदेखि १ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेसँगै अमेरिकालगायतका एसियाली सेयर बजारमा गिरावट आइरहेको छ ।
प्रतिक्रिया