काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ ।
नेप्सेले मर्जर प्रयोजनका लागि यी दुवै कम्पनीको सेयर राख्ने निर्णय गरेको हो । यी दुवै कम्पनीबीच हिजो वैशाख २२ गते मर्जरमा जाने सम्झौता भएको थियो। नेप्से वैशाख २३ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।
हिमालयन जनरल र एभरेष्टबीच बिहीबार १ः१ सेयर स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ । पुँजीवृद्धि योजनाअन्तर्गत यी दुवै कम्पनी मर्जरमा जान लागेका हुन् ।
मर्जर भएपछि पनि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँमात्रै पुग्ने छ ।

प्रतिक्रिया