काठमाडौं - वैदेशिक रोजगार विभागले ठगी गर्ने दश जनाविरूद्व मुद्दा दायर गरेकोे छ । विभागले बिहीबार वैदेशिक रोजगार न्यायाधिकरणमा ८ जना ट्राभल्स एजेन्सीका सञ्चालकसहित दश जनाविरुद्व मुद्दा दायर गरेको हो ।
इन्टरनेशनल एक्स्पो एण्ड टुर्स कन्सल्टेन्सीका सञ्चालक राधा सुवेदीसहितका व्यक्तिले माल्टा पठाउने भन्दै १ सय २२ जनासँग प्रतिव्यक्ति २ लाख ३५ हजार रुपैयाँसम्म असुलेको विभागले जनाएको छ ।
विभागका अनुसार सञ्चालक सुवेदी लगायतका व्यक्तिहरूले ठगीमा परेका जीवन ढुंगेलसहित १ सय २२ जनाबाट १ करोड ६४ लाख ८ हजार रुपैयाँ ठगी गरेकोे भन्दै त्यसको ५० प्रतिशत हर्जना ८२ लाख ४ हजार गरी २ करोड ४६ लाख १२ हजार रुपैयाँ विगो असुल उपर हुनुपर्ने माग गरेका छन् ।
त्यसै, विभागले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सदीक्षा गुरुङ र खिनशोभा गुरुङविरूद्व मुद्दा दायर गरेको छ । अनुमति विना वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै ४१ लाख ४२ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोपमा न्याधिकरणमा मुद्दा दायर गरिएको हो ।
त्यसैगरी पोखराका कुमार गुरुङलाई क्यानडामा आकर्षक रोजगारी उपलब्ध गराईदिने प्रलोभन दिएर ४१ लाख ४२ हजार ५ सय रुपैयाँ ठगी गरेकोे भन्दै त्यसको ५० प्रतिशत हर्जना गरी ६२ लाख ७३ हजार ७ सय ५० रुपैयाँ असुल गर्नुपर्ने दावी गरेको छ ।
प्रतिक्रिया