काठमाडौं - साना कम्पनीहरुको शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एसएमई प्ल्याटर्फम बनाउने भएको छ ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले परिपक्क पूँजी बजार सम्मेलनमा एसएमई प्ल्याटर्फम बनाउन कार्यदल बनाएर छिटै अगाडि बढाउने तयारीमा रहेको बताए ।
'एसएमई प्ल्याटर्फको लागि कानुनी रुपमा के गर्नुपर्छ,टेक्नोलोजीमा केके गर्नुपर्छ, प्रकृया के के हुन यी कुराहरुको अध्ययन गरेर एक कार्यदल बनाएर छिटै अगाडि बढाउने छौ ।' उनले भने ।
अहिले पूँजीबजारमा सेक्युरिटी ट्रेडिङमात्रै गर्न सकिने अवस्था रहेकोमा सेकुरेटी ट्रेडिङ मात्र नभएर अन्य औजारहरुलाई पनि अगाडि बढाउनुपर्ने बताए ।
प्रतिक्रिया