जेठबाट शुक्रबार पनि सेयर बजार खुला राख्न निर्देशन

४ बर्ष अगाडि

काठमाडौं - जेठ महिनादेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । 

सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । 

सरकारको यो निर्णयसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शुक्रबार पनि सेयर बजार खुल्ने निर्णय गरेको हो । 

यसअघि सातामा आइतबारदेखि बिहीबारसम्म ५ दिनमात्र सेयर कारोबार हुन्थ्यो। शुक्रबार सेयर कारोबार हुँदैन थियो । 

सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि अब सेयर बजार ४ दिनमात्रै खुल्ने त होइन भन्ने आमजिज्ञासा थियो । 

तर, सेबोनले अब शुक्रबार पनि सेयर बजार खुला गर्ने निर्णय गरेको हो । योसँगै अब सातामा पाँचै दिन सेयर बजार खुल्ने भएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको ‘परिपक्व पुँजीबजार छलफल’ कार्यक्रममा सेबोनका अध्यक्ष रमेशकुमार हमालले शुक्रबार पनि बजार खुला राख्न नेप्सेलाई निर्देशन दिइसकेको जानकारी दिए । 

आइतबारको सट्टा शुक्रबार पनि बजार खोल्ने निर्णय भएको उनले बताए । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया