काठमाडौं - नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपालीलाई साधारण सेयर (आईपीओ)मा कोटा दिने घोषणा गरेका छन् ।
काठमाडौंमा भएको पूँजीबजार सम्बन्धी सम्मेलनमा उनले विदेशमा रहेका नेपालीलाई कोटा दिनका लागि कार्यविधि बनिरहेको उनले बताए ।
यस्तै हमालले बुक विल्डिङ विधिबाट आईपीओ निकाल्ने कामलाई अब अगाडि बनाइने बताएका छन् ।
पारदर्शितामा कसैले प्रश्न उठाउने ठाउँ बाँकी नहुने गरी काम अघि बढाउन आफूले नेप्सेलाई निर्देशन दिइएको बताए ।
यसअघि बुक विल्डिङ मार्फत सेयर जारी गर्न सर्वोत्तम सिमेन्टले प्रक्रिया अघि बढाएको थियो ।
प्रतिक्रिया