काठमाडौं - यातायात व्यवस्था विभागले आगामी जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्र ९लाइसेन्स० आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ ।
नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनभित्र लाइसेन्स ट्रायलको पालो पाइने विभागका महानिर्देशक घिमिरेले बताए ।
यो वैशाखभित्र सन् २०२४ सम्म पालो परेका सबै आवेदनको परीक्षा सकाएर नयाँ खुलाउने तयारी गरिएको उनको भनाइ छ ।
गत चैतदेखि विभागले आवेदन दिनेको चाप अत्यधिक भएको भन्दै आवेदन प्रणाली बन्द गरेको छ । विभागका अनुसार आवेदन प्रणाली बन्द गर्दासम्म लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको थियो ।
सबै आवेदकहरूको ट्रायल यही वैशाखभित्र सकिने विभागले बताएको छ ।
प्रतिक्रिया