काठमाडौं - नेप्सेमा सूचीकृत ५४ लघुवित्त कम्पनीमध्ये ३४ कम्पनीले चालु आर्थिक वर्षको ९ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
३४ लघुवित्त कम्पनीहरुकोले चालु आर्थि वर्षको तेस्रो त्रैमाससम्ममा कुल ४ अर्ब १७ करोड ९८ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
जसमध्ये सबैभन्दा धेरै जीवन विकास लघुवित्तले ५७ करोड ७५ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा विन लघुवित्त वित्तीय संस्था लिमिटेडले सबैभन्दा कम ५३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिक्रिया