काठमाडौं, नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षको ९ महीनासम्ममा कम्पनीले ६ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा २.२२ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ६ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
कम्पनीले समीक्षा अवधीसम्म ५६ लाखभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू। ४७ करोड ८९ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी २५ करोड ४९ लाख ५४ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ७४ दशमलव ६६ प्रतिशत बढेर २९ करोड ५३ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले यस वर्ष २ अर्ब ८१ करोडभन्दा बढी कर्जा सापटी लिएको छ भने ४ अर्ब २१ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
निक्षेप संकलन भने यस वर्ष ९९ करोड २६ लाखभन्दा बढी छ । गत वर्ष ४.१६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३.७६ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी ३३.५१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१५.८३ रहेको छ ।
प्रतिक्रिया