सबैको लघुवित्त नाफा घट्यो,प्रतिशेयर आम्दानी रु.३५.३३

३ बर्ष अगाडि

काठमाडौं, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड १५ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९.७५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १२.५० प्रतिशतले बढेर ९ करोड १४ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ८ करोड १३ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३१.०३ प्रतिशतले बढेर १९ करोड १७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १४ करोड १३ लाख रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी २७ करोड रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २ अर्ब ९६ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब १७ करोड रुपैयाँ सापटी लिई ३ अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिमा संस्थाले खराब कर्जा अनुपात घटाएर १.३३ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष एनपीएल १.६१ प्रतिशत थियो। 

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३५.३३ रुपैयाँ, पीई रेसियो ३४.११ गुणा, प्रतिसेयर नेटवर्थ १४९.०४ र तरलता अनुपात ११.६४ प्रतिशत रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया