जगेडा कोष झन्डै १० करोड ऋणात्मक रहेको तेह्रथुम पावर ५ लाख बढी नोक्सानीमा, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं- तेह्रथुम पावर कम्पनी लिमिटेडले  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 
 

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  ५ लाख १२ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म ४ करोड ३८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको यस वर्ष नोक्सानीमा कमी आएको हो । 

गत वर्ष ५ करोड २५ लाखभन्दा बढी सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष १० करोड ६३ लाखभन्दा बढी यो आम्दानी गरेको हो । 

कम्पनीको वित्तीय खर्च पनि यस वर्ष बढेको छ । गत वर्ष रू। ५ करोड ५८ लाखभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ६ करोड १२ लाखभन्दा बढी खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ४० करोड रहेको छ । जगेडा कोष रकम भने यस अवधिसम्म ९ करोड ७७ लाखभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीको दीर्घकालिन कर्जा तथा सापटी ९९ करोड ३३ लाखभन्दा बढी छ । यस वर्ष कर्जा सापटी कम भएको हो । 

गत वर्ष यस अवधिसम्म कर्जा सापटी रकम १ अर्ब ६ करोडभन्दा बढी थियो । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ०.१७ रुपैंया र प्रतिशेयर नेटवर्थ रू. ७६ रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया