हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले तय गरे मर्जरको बाटो

३ बर्ष अगाडि

काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिने भएका छन् । 

दुबै संस्थाका मर्जर उपसमितिले गरेको सिफारिस अनुसार समझादारिपत्रमा विहीबार हस्ताक्षर गरेका हुन् । 

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्बबाट बढाएर दुई अर्ब पचास करोड  पुर्‍याए  पछि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जरको बाटो तय गरेका हुन् ।  

बीमा क्षेत्रमा मर्जरको लागि गरिएको यो समझदारी  दोस्रो हो । यस अगाडि नेको र प्रिमियर इन्स्योरेन्सले पनि मर्जरको सहमति गरेर केही महिना पछि मर्जर तोडेका थिए ।

हिमालयन जनरलको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ । यस्तै एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । 

१:१ मा दुई कम्पनी गाभिएमा एकीकृत कम्पनीको चुक्ता पूँजी  बढेर २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया