मिथिला लघुवित्तको नाफा ५ करोड, प्रतिशेयर आम्दानी रु.४९.१७ हुदाँ अन्य सूचकको अवस्था कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिकको तेस्रो त्रैमाससम्ममा ५ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड ११ लाख रहेको कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर ५ करोड २ लाख पुगेको छ । कम्पनीको खुद नाफा गत आवको सोही अवधीको तुलनामा १.७५ प्रतिशत घटेको छ । कम्पनीले हालै सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो ।

कम्पनीको सञ्चालन मुनाफा पनि ३.७१ प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमासमा ६ करोड ४२ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ६ करोड ६७ लाख रूपैयाँ आर्जन गरको थियो । 

गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा १४ करोड ७९ लाख रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९.३९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६.८२ प्रतिशत बढेको छ । 

कम्पनीको खराब कर्जा ३.४९ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी ४९.१७, मूल्य आम्दानी अनुपात ३०.५१ गुणा छ भने प्रतिशेयर नेटवर्थ २०८.५१ छ । 

हाल कम्पनीको चुक्तापूँजी १३ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया