दोर्दी खोलाको आईपीओमा  ३७ हजार बढी कित्ताको लागि आवेदन, कति आवेदकले दिए आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा ३७ हजार बढी कित्ताको लागि आवेदन परेको छ । 

कम्पनीको आईपीओमा हिजो (बिहीबार) साँझ ५ बजेसम्ममा ६ सय ७७ जना लगानीकर्ताले एक करोड ३७ लाख २८ हजार रूपैयाँ बराबरको एक लाख ३७ हजार २ सय ८० कित्ताका लागि आवेदन दिएका सीडिएसले जनाएको छ ।

कम्पनीले वैशाख १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरिरहेको छ । 

कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर निष्कासन गरेको हो। सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा वैशाख २७ गतेदेखि ढीलोमा जेठ ११ गतेसम्म भर्न सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया