काठमाडौं - भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आइआरडिएआइ) ले बीमा कम्पनीहरूको लगानीको सीमा बढाएको छ ।
बैंक, वित्तीय संस्था तथा बीमा बिएफअइ कम्पनीहरूको शेयरमा कूल लगानीको ३० प्रतिशतसम्म लगानी गर्न छुट दिएको हो ।
यसअघि यो जम्मा २५ प्रतिशतमा सीमित रहेको थियो । भारतीय जीवन बीमा निगम ९एलआइसी० को प्राथमिक शेयर निष्काशन हुनु अघि लगानीको सीमा बढाइएको छ ।
आइआरडिएआइले बीमा कम्पनीहरूको मुनाफा वृद्धिमा टेवा पुग्ने अपेक्षासहित तुलनात्मकरूपमा बढी जोखिमसँगै बढी मुनाफा दिने बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको शेयरमा लगानीको सीमा वृद्धि गरेको हो ।
प्रतिक्रिया