मतदान गर्न घर जादैँ हुनुहुन्छ ? अनलाइनबाट टिकट काटौँ,टिकटका साथ उपहार तपाँईको हातमा !

३ बर्ष अगाडि

काठमाडौं, यही वैशाख ३० गते हुन mागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मतदानका लागि जाने यात्रुलाई बससेवाले विशेष अफर सार्वजनिक गरेको छ। 

अफरअन्तर्गत बससेवा डटकममार्फत अनलाइन टिकट बुकिङ गर्ने यात्रुले सुनको असर्फी जित्न सक्नेछन्। वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवामार्फत अनलाइन बस टिकट बुकिङ गर्ने यात्रुमध्ये ३ जनालाई गोलाप्रथामार्फत सुनको असर्फी प्रदान गरिने कम्पनीले जनाएको छ। 

यस्तै सोही अवधिमा बस टिकट काट्नेमध्ये २० जनाले क्यूएफएक्स टिकट प्राप्त गर्नेछन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्स कम्पनीका तर्फबाट नारायणी नदीमा मोटरबोट चढ्ने टिकट  प्राप्त गर्नेछन्। विजेताहरुको घोषणा निर्वाचन सकिएपछि गोलाप्रथाबाट गरिनेछ।  

पछिल्ला दिनमा गाउँ फर्कने यात्रुको संख्या बढ्न थालेकोले टिकट नपाउने अवस्था सिर्जना नहोस् भन्दै बससेवाले समयमै आफ्नो बस टिकट बुकिङ गर्नसमेत सबै यात्रुलाई अनुरोध गरेको छ। 

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो। बससेवाले नेपालभरका एसी, डिलक्स, हाइसलगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसनसमेत अनलाइनबाटै गर्दै आएको छ। 

यात्रुले बससेवा डटकम, बससेवाको मोबाइल एप्लिकेसन तथा इसेवा, फोनपे, खल्ती, प्रभुपेलगायत नजिकै रहेका साइबर, कम्युनिकेसन तथा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सकिनेछ। 

३ बर्ष अगाडि

प्रतिक्रिया