काठमाडौं- प्राइम कर्मशियल बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि वैशाख २२ गते सेबोनमा निवेदन दिएको हो ।
कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कुल ५० लाख कित्ता मध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ३० लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले वार्षिक १०.१५ प्रतिशत ब्याजदरमा आगमी ५ वर्षका लागि ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
प्रतिक्रिया