खप्तड लघुवित्त आईपीओ निष्कासनको अनुमति माग्दै पुग्यो धितोपत्र बोड, कति कित्ता निष्कासन गर्दै ?

४ बर्ष अगाडि

काठमाडौ,  खप्तड लघुवित्त  वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि वैशाख ११ गते सबोनमा निवेदन दिएको हो । जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ जारी हुनेछ। 

कम्पनीको अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ४ करोड रुपैयाँ हाल संस्थापकहरुबाट चुक्तापुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ। आईपीओ निष्कासनपछि यो लघुवित्तको चुक्तापुँजी ४ करोड रुपैयाँ पुग्नेछ। विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया