काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले प्रकाशित वित्तीय विवरणअनुसार चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको गत आवको सोही अवधीको तुलनामा नाफा ९.५६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म लघुवित्तले १ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ८२.७६ प्रतिशतले बढेर ७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आवमा संस्थाको यस्तो आम्दानी ४ करोड २ लाख रुपैयाँ रहेको थियो ।
चालु आवको ९ महिना अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ७४ करोड ४९ लाख रुपैयाँ सापटी लिएर २ अर्ब १२ करोड ८४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै २९ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यस अवधिसम्म संस्थाको चुक्तापुँजी १५ करोड २५ लाख रुपैयाँ रहेकोमा रिजर्भको आकार बढेर १ करोड ९२ लाख रुपैयाँ संचित रहेको छ । संस्थाको खराब कर्जा ०.४५ प्रतिशतबाट बढेर ३.३४ प्रतिशत पुगेको छ ।
लघुवित्तले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । आइपीओ जारी गर्नको लागि संस्थाले बिक्री प्रबन्धकमा मुक्तिथान क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया