बिहीबार पनि  शेयर बजारको ओरालो यात्रा थामिएन्, कतिको भयो कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) पनि शेयर बजारको ओरालो यात्रा थामिएन् । बिहीबार पनि कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक ३७.०६ अंकले घटेर २२३८.६२ को बिन्दुमा पुगेको छ ।

आज नेप्सेमा २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैंया बराबरको शेयर कारोबार भएको छ । नेप्से १.६३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.३४ अंकले घटेर ४३२.५५ विन्दुमा झरेको छ । 

आज नेप्सेमा २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।

कूल १३ उपसमूहमध्ये सबै उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ । 

बुधबार सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ४५ लाख ८७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ५ सय २० रूपैयाँ ६० पैसा पुगेको छ । बुधबार ३ वटा म्युचुअल फण्डसहित जम्मा ८ कम्पनीको शेयरमूल्य बढेको छ । 

यस दिन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया