सूर्या लाइफसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) पनि शेयर बजारको ओरालो यात्रा थामिएन् । बिहीबार पनि कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक ३७.०६ अंकले घटेर २२३८.६२ को बिन्दुमा पुगेको छ ।

आज नेप्सेमा २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।

सो रकम बराबरको शेयर कारोबार हुदाँ सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज एनआइसी एशिया बैंकको ६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया