काठमाडौं- समृद्धि फाइनान्स कम्पनी लिमिटेडले केही संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ ।
फाइनान्सका संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको १५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएका हुनाले फाइनान्सले उक्त शेयरहरू बिक्री गर्न लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य एक सय रूपैयाँ तोकिएको छ ।
संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम शेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि फाइनान्सले जनाएको छ ।
प्रतिक्रिया