काठमाडौं- घलेम्दी हाइड्रो लिमिटेडले चालू आर्थिकको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीले विद्युत् विक्री बापत १ करोड ७१ लाख आम्दानी गरेको छ । उक्त आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८०.७९ प्रतिशतले वृद्धि भएको हो। कम्पनीले गत आवमा विद्युत् विक्री बापत १ करोड ७१ लाख आम्दानी गरेको थियो ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनी १ करोड ६ लाख नोक्सानीमा रहेको छ । गत आवको सोही अवधिमा पनि कम्पनी २ करोड ४५ लाख नोक्सानीमा थियो । य
कम्पनीको चुक्तापूँजी ५५ करोड रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको जगेडा ९१ लाख ३३ हजार ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रु.१.९४ ऋणात्मक, तरलता अनुपात १.१० प्रतिशत र प्रतिशेयर नेटवर्थ रु. ९८.३४ रहेको छ ।
प्रतिक्रिया