नबिल बैंकले जेठ ७ गते बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - नबिल बैंक लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले विशेष साधारणसभा आउँदो जेठ ७ गते आयोजना गर्ने निर्णय गरेको हो । 

सभा काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सम्बन्धमा भएका सम्पूर्ण प्रक्रियालाई अनुमोदन गर्नेछ । नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको छ । 

नबिल बैंकले विशेष साधारणसभा प्रयोजनका लागि यही वैशाख ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यसको अर्थ वैशाख २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै विशेष साधारणसभा भाग लिन पाउनेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया