महुली लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार एक कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । नेप्से महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको हो । 

संस्थाको २६ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार २ सय ५४.४० कित्ता शेयर सूचिकृत भएको हो ।

संस्थाको गत पौष २४ गते सम्पन्न भएको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया