काठमाडौं - कृषि विकास बैंक लिमिटेडले यूएसडी प्रिपेड डलर कार्ड सेवाको सुरुआत गरेको छ । बैंकले वैशाख १५ गतेबाट उक्त सेवा सुरुवात गरेको हो ।
जसबाट विदेशी मुद्रामा आम्दानीको स्रोत नभएका तर नेपालभित्रै बसी ई–कमर्सका माध्यमबाट अनलाइन सपिङ तथा बिल पेमेन्ट गर्नका लागि नेपाल राष्ट्र बैंकले उपलव्ध गराएको सीमाभित्र रही कारोबार गर्न सकिनेछ ।
सेवा शुभारम्भ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, उपमहाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, प्रेमकुमार श्रेष्ठ, बाबुकाजी थापा, विभागीय प्रमुखहरु क्रमशः अजयकुमार रिमाल, हिमलाल पौडेल, सरोजकुमार साह, टंक पोखरेललगायतको सहभागिता थियो ।
कार्यक्रममा बैंकको डिजिटल बैंकिङ विभागका वरिष्ठ शाखा प्रमुख भोला नेपाल, प्रज्ज्वल भट्टराई, भूमिराज न्यौपाने, कोमल सिटौला तथा संगिता श्रेष्ठ तथा अन्य कर्मचारीको उपस्थिति थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी उपाध्यायले बैंकको यूएसडी प्रिपेड डलर कार्ड लिने पहिलो ग्राहक अनिता पौडेललाई कार्ड हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया