आदर्श लघुवित्तको नाफा २२ लाख नजिक, अन्य अवस्था के कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं- आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू  आर्थिकको तेस्रो त्रैमाससम्ममा करिब २२ लाख नाफा कमाएको छ । 

कम्पनीले चालू आर्थिक वर्षको ९ महीनामा २१ लाख ८६ हजार खुद नाफा आर्जन गरेको हो । कम्पनीले यस वर्ष गत वर्षको भन्दा ३८.१७ प्रतिशत बढी खुद नाफा कमाए छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १५ लाख ८२ हजार खुद नाफा गरेको थियो । कम्पनीले हालै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो ।

कम्पनीको सञ्चालन मुनाफा भने ४.५८ प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमासमा २३ लाख ७३ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा २४ लाख ८७ हजार रूपैयाँ आर्जन गरको थियो । 

एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ७१.८७ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमासम्म कम्पनीको जगेडा कोषमा  ४८ लाख ७८ हजार रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ८३ लाख ८४ हजार रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २३ दशमलव शून्य ७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४.०१ प्रतिशत बढेको छ ।

कम्पनीको खराब कर्जा १.४१ प्रतिशत छ । हाल कम्पनीको चुक्तापूँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया