एनआईसी एशिया बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा ग्यालेक्सी स्पेसियालिटि क्लिनिक र डायग्नोस्टिक सेन्टरमा २५ प्रतिशत छुट पाउने

३ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया बैंकका ग्राहकहरुले महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट पाउने भएका छन् । 

उक्त छुट पाउने सम्बन्धमा बैंक, क्लिनिक साथै सेन्टर बीच समझदारी भएको छ । समझदारी पत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल र क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका हुन् । 

समझदारी अनुसार बैंकका ग्राहकहरुले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट पाउने भएका छन्  । बैंकका ग्राहकहरुले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट Hematology, Microbiology, Histopathology, Immuno Assay (ElA), Cytopathology, FNAC, Immunofluorescence, Auto Immune Panel, Flow Cytometry / Kidney stone Analysis (FT-IR Technology) परिक्षण गर्न सक्ने छन्  ।

३ बर्ष अगाडि

प्रतिक्रिया