हिमालय ऊर्जा विकास कम्पनीलाई १ लाख बढि घाटा, प्रतिसेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड चालु आर्थिक वर्षको ९ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समीक्षा अवधिमा कम्पनीलाई १ लाख ४ हजार रुपैयाँ घाटा भएको छ । गत वर्ष यही अवधिमा कम्पनीले ९ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । 

यो अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ५९३ रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १० लाख २८ हजार रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ९९ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ८६ लाख २८ हजार रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा रिजर्भ ७५ लाख ५५ हजार रुपैयाँले ऋणात्मक रहेको थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ०.०११ रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस ०.०९ रुपैयाँ रहेको थियो।
 

३ बर्ष अगाडि

प्रतिक्रिया