काठमाडौं - रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित मेगा क्यापिटलको कार्यालयमा बुधवार आयोजित कार्यक्रममा आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा कम्पनीका तर्फबाट सञ्चालक शंकरलाल वैद्य तथा मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया