गणपति लघुवित्तको नाफा सँगै ईपीएस घट्यो, कर्जा कति ?

३ बर्ष अगाडि

काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । 

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा र ईपीएस दुबै घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.३५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २.६२ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ५.६८ प्रतिशत बढेको छ । 

लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ६८.५४ प्रतिशत घटेको छ । नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। 

समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ ९ पैसा घटेर ११ रुपैयाँ ९ पैसामा झरेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ११०।६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष ६।४४ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ५१.७३ प्रतिशत, निक्षेप २९।०४ प्रतिशत र कर्जा ४३.८८ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया