काठमाडौं - एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अग्रवाल भवन कमलपोखरीमा सम्पन्न भएको हो ।
सभाले ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभाले निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी संचालक समितिलाई दिएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया